काठमाडौं, १ज्ञ फागुन । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी) ले आर्थिक वर्ष २०७९÷८० का लागि बीमितलाई प्रदान गरिने न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले मुनाफामा सरिक हुनेगरी उक्त अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
यस्तै कम्मनीले जीवन आनन्द बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।
बाल सावधिक बीमालेख अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५५, २५ देखि २९ वर्षका लागि ६३ र ३० देखि माथि अवधिका लागि ६४ रुपैयाँ, धन वृष्टि जीवन बीमालेख अन्तर्गत १० वर्षका लागि ५५ रुपैयाँ र १५ वर्षका लागि ५७ रुपैयाँ, धनफिर्ता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५६ रुपैयाँ, २० वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षका लागि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ ।
सावधिक,जीवन विद्या, जीवन साथी र जीवन श्री बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ र २५ देखि माथि अवधिका लागि ६१ रुपैयाँ, बाल ममता जीवन बीमालेख अन्तर्गत १५ वर्ष बीमा अवधिका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५७ रुपैयाँ र २१ देखि माथि वर्षका लागि ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
यस्तै जीवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ४० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ४५ रुपैयाँ, न्यू जीसवन तरंग बीमालेख अन्तर्गत १० वर्ष बीमा अवधिका लागि ५० रुपैयाँ, १५ वर्षेका लागि ५१ रुपैयाँ र २० वर्षे अवधिका लागि ५५ रुपैयाँ,जीवन बचत बीमा योजना अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ र २५ देखि माथि वर्षका लागि ६६ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।
यसैगरी जीवन लाभ बीमालेख अन्तर्गत १० वर्ष अवधिका लागि ५१ रुपैयाँ,१५ वर्षका लागि ५२ रुपैयाँ,२० वर्षका लागि ५३ रुपैयाँ र २५ वर्षका लागि ५५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । कम्पनीले लघु सावधिक बीमालेख अन्तर्गत सबै अवधिका लागि ४१ रुपैयाँ बोनस तोकेको छ ।