काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकको सुरुमा एमाले सांसद योगेशकुमार भट्टराईले उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । उनले भने, ‘आयोगले उक्त घटनामा भौतिक, पूर्वाधार तथा यातायातमन्त्रीलाई दोषी ठहर गरेको छ भनेपछि पदमा वहाल रहन मिल्दैन, सुरक्षा निकायलाई कमान्ड गर्ने गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिनुपर्छ । आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नुप¥यो । आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरेर सिफारिस कार्यान्वयन गर्नुपर्छ ।’
सरकार, मन्त्रालय, इपिएस कोरिया शाखाको लापरबाहीका कारण उक्त घटना हुन पुगेको उनको भनाई छ । यस्तै उनले युवाको विरोध प्रदर्शन भएको वेला मन्त्री ज्वाला सोही बाटो हुँदै अगाडि बढेर आन्दोलनरत युवालाई थप आक्रोशित बनाएको आरोप लगाएका थिए ।