सुनिता सुबेदी
काठमाडौं, ११ फगुन । एक वर्षको अवधिमा जीवन बीमाको व्यवसाय रकमले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को सात महिनासम्ममा जीवन बीमाको व्यवसाय कुल ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँको भएको छ, जुन गत आवको सात महिनासम्मको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढेको छ । गत आवको माघसम्ममा ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँको व्यवसाय भएको थियो ।
चालू आवको माघसम्ममा व्यवसायमा उठेको बीमा शुल्कमध्ये प्रथम बीमा शुल्कबाट १६ अर्ब ११ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । यस्तै नवीकरण बीमा शुल्कबाट ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ संकलन भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । सात महिनासम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड ३७ लाख ७३ हजार ३ सय १५ रहेको छ ।
प्राधिकरणका अनुसार जीवन बीमा व्यवसाय गर्ने १४ बीमकमध्ये सबै भन्दा धेरै व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड रहेको छ । कम्पनीले माघसम्ममा २३ अर्ब २० करोड ७४ लाख रुपैयाँको व्यवसाय गरेको छ । सोही अवधिमा कम्पनीले प्रथम बीमा शुल्कबाट ३ अर्ब ६७ करोड ८९ लाख बीमा शुल्क संकलन गरेको छ । त्यस्तै नवीकरण बीमा शुल्कबाट १९ अर्व ५२ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सात महिनासम्ममा कम्पनीको कुल १२ लाख ६२ हजार ६ सय ६१ सक्रिय बीमालेख छन् ।
व्यवसाय गर्ने प्रमुख दोस्रोमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले माघसम्ममा १० अर्ब १४ करोड ६९ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ । कम्पनीले प्रथम शुल्क र नवीकरण बीमा शुल्कबाट क्रमशः १ अर्ब १९ करोड ८७ लाख र ८ अर्ब ९४ करोड ८१ लख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सात महिनासम्ममा कम्पनीको सक्रिय बीमालेखको सङ्ख्या कुल ६ लाख ९४ हजार ३५ रहेको छन् ।
तेस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम बीमा शुल्क र नवीकरण बीमा शुल्कबाट क्रमशः २ अर्ब ३५ करोड ६९ लाख र ७ अर्ब ६९ ५८ लाख रुपैयाँ गरी कुल १० अर्ब ५ करोड २७ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ । सात महिनासम्ममा कम्पनीको १५ लाख ९७ हजार ७ सय १२ सत्रिय बीमालेख छन् ।
यस्तै जीवन बीमा व्यवयाय गर्ने अन्य बीमकमध्ये चालू आवको सात महिनासम्ममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटडले ९ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटडले ५ अर्ब ३ करोड २२ लाख, राष्ट्रिय जीवन बीमा क.लि.४ अर्ब ९८ करोड १९ लाख, एशियन लाइफ इ.क.लि. ४ अर्ब ४३ करोड ५९ लाख, सानिमा रिलायन्स लाइफ इ.लि. ३ अर्ब ३८ करोड २६ लाख र सिटिजन लाइफ इ.क.लि.३ अर्ब २६ करोड ६२ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेका छन् । त्यस्तै मेट लाइफले ३ अर्ब १४ करोड २५ लाख, आइएमई लाइफ इ.क.लि.ले २ अर्ब ५० करोड १० लाख, प्रभु महालक्ष्मी इ.लि.२ अर्ब ३८ करोड ५२ लाख, रिलायबल नेपाल लाइफ इ.क.लि. २ अर्ब ३० करोड ९९ लाख र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटडले २ अर्ब १२ करोड १४ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।