काठमाडौं, १३ फागुन । साताको कारोबारको सुरुको दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ८१ अङ्कले घटेर १ हजार ९ सय ७९ दशमलव ०२ बिन्दुमा बन्द भएको छ ।
आइतबार ३ सय १७ धितोपत्रको कारोवार हुँदा २ सय ६ धितोपत्रको मुल्य घटेको छ । त्यस्तै ३८ धितोपत्रको मुल्य बढेको छ भने ४ धितोपत्रको मुल्य स्थिर छ । ८५ लाख ४६ हजार ९ सय ३० कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका १३ समूहको उपसूचकमध्ये ११ वटा समूहको उपसूचक घटेको छ भने दुई वटा समूहको उपसूचक बढेको छ । बैंक, विकास बैंक, लगानीे, होटल र टुरिजम,जलविद्युत, जीवन बीमा समूह, म्यूचुअल फण्ड, निर्जीवन बीमा समूह, लघुवित्त र व्यापार समूहको उपसूचक घटेको छ । त्यस्तै उत्पादनमूलक र वित्त समूहको उपसूचकको बढेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै चिर्ख्वा हाइड्रोपावर लिमिटेडको ८ दशमलव ५५ प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडको ६.६६, गोर्खाज फाइनान्स लिमिटेडको ५.१६, सन ोपाल लाइफको ५.४, लक्ष्मी उन्नति कोषको ४.२४ र नेपाल फाइनान्स लिमिटेडको ३ दशमलव २२ प्रतिशतले शेयर मुल्य बढेको छ ।
यस्तै समाज लघुवित्त वित्रीय सस्था लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयर मुल्य १० प्रतिशतले घटेको छ । सामलिंग पावर कम्पनी लिमिटेडको ९ दशमलव ५६ प्रतिशत, बलेफी हाइड्रोपावर लिमिटेडको ९.२१, जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको ७.७७, थ्रि स्टार हाइ«ोपावरको ७.५५, घल्मेदी हाइड्रो लिमिटेडको ७.१०, बिपिडब्लु लघुवित्त वित्तीय सस्थाको ५.८२ प्रतिशत र हिमालयन पावर पार्टनर लिमिटेडको ५ दशमलव ७७ प्रतिशतले कारोबार घटेको छ ।