काठमाडौं, १४ फागुन । मिटर ब्याजपीडित र सरकारबीच आजपनि वार्ता हुँदैछ । आज वार्तामा बस्ने गरी आइतबारको वार्ता टुंगिएको थियो । सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुनेछ ।
सरकारसँग वार्ता चलिरहे पनि पीडितहरूले सडक आन्दोलनलाई भने निरन्तरता दिने बताएका छन् । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने भनिएको छ ।
आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुशवाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महतो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।