काठमाडौं, १४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।
सोमबार प्रतिनिधि सभा (संसद) कोे बैठकमा एमाले सांसदहरुले आ–आफ्नो स्थानमा उभिएर नाराबाजी गरेका हुन् ।
उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।
एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।