काठमाडौं, १४ फागुन । साताको दोस्रो दिन नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले बढेर १ हजार ९ सय ९२ दशमलव ३० को बिन्दुमा बन्द भएको छ ।
आज ५९ लाख ८८ हजार ७ सय १७ कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ । आज ३ सय १४ धितोपत्रको कारोबार हुँदा १ सय ६७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ७५ धितोपत्रको मूल्य घटेको छ भने ६ धितोपत्रको मूल्य स्थिर छ ।
कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक बढेको छ भने तिन वटा समूहको उपसूचक घटेकोे छ । आज बैंक, विकास बैंक, लगानीे, होटल र टुरिजम,जलविद्युत, जीवन बीमा समूह, निर्जीवन बीमा समूह, उत्पादनमूलक र व्यापार समूहको उपसूचक बठेको छ । त्यस्तै लघुवित्त, म्यूचुअल फण्ड र वित्त समूहको उपसूचक घटेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय सस्था लिमिटेडको ८ दशमलव १६ प्रतिशत, नेपाल वयरहाउजिङ कम्पनी लिमिटेडको ७.६५, सोनामपुर मिनरल्सको ७.३५, सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्थाको ६.७२, नेपाल रि पब्लिक मिडियाको ६.१९ र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ दशमलव ७४ प्रतिशतले शेयर मुल्य बढेको छ ।
सोमबार समाज लघुवित्त वित्रीय सस्था लिमिटेडको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै बिपिडब्लु लघुवित्त वित्तीय सस्थाको ८ दशमलव ७७ प्रतिशत, किसान लघुवित्तीय वित्तिय सस्थाको ५.५६, गोर्खाज फाइनान्स लिमिटेडको ५.३५ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड (वान) को ३ दशमलव ६० प्रतिशतले कारोबार घटेको छ ।