काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एन आएईसी एशिया बैंकबाट पछिल्लो समय २७ अर्ब बराबरको निक्षेप झिकिएको जानकारी दिएका छन् । नेपाल बैंकर्स एशोसियसनको एक कार्यक्रमलाइ्र्र काठमाण्डौमा सम्बोधन गर्ने क्रममा गभर्नर रअधिकारीले यस्तो जानकारी दिएका हुन् ।
२७ अर्ब डिपोजिट निकालिदा पनि एनआईशी एशियालाई खासै फरक नपरेको उल्लेख गरे । उनले भने,‘हामीले दिएको कर्जा निक्षेप अनु्पात सम्बन्धी व्यवस्थाका कारण यस्तो भएको हो । हामीले यो रेसियोलाई ९० प्रतिशत बनाउँदै गर्दा धेरै बाट विरोध भयो । कतिले यसविरुद्ध लेखे ,कतिले लेखाए । तर आज त्यो व्यवस्था ठिक थियो भन्ने प्रमाणित भयो । कतिपयले यो रेसियोलाई ९५ प्रतिशत बनाउनु पर्छ भन्ने अभियान चलाएका थिए । त्यस्तो व्यवस्था भएको थियो भने आज एनआईशी एशियालाई गाह्रो पर्ने थियो ।
यस्तै उनले नेपालको कुनै पनि बैंक तथा वित्तीय संस्था जोखिममा नरहेका र राष्ट्र बैंकले कुनै पनि संस्थालाई फेल हुन नदिने घोषणा गरेका छन् । ‘बचतकर्तालाई सुरक्षित गरिने हामीसँग मेकानिजम छ । राष्ट्र बैंकबाट रेगुलेटेड कुनै पनि संस्था डुब्दैनन ।’