काठमाडौं, १५ फागुन । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनालाई विद्युत खरिद बिक्री सम्झौता (पीपीए)का आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै प्राधिकरणले विद्युत् जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) भएको रोलक्रमका सम्झौता गर्न आह्वान गरेको हो ।
रोलक्रमका आधारमा नदी प्रवाही (आरओआर) र आंशिक जलाशय (पिआरओआर) आयोजनाका प्रवर्द्धकलाई पीपीए गर्न प्राधिकरणको विद्युत व्यापार विभागमा सम्पर्क गर्न सूचनामा उल्लेख छ ।
यस्तै पीपीए सम्झौता सम्पन्न भइसकेका जलविद्युत् आयोजनाको २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि भए त्यस्ता आयोजनाले पनि पीपीए गर्नसक्ने प्राधिकरणले बताएको छ । गत २४ माघमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्ने निर्णय गरेको थिया े।