काठमाडौं, १५ फागुन । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतम पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सेञ्चु्रीको कर्जा अपचलन प्रकरणमा पूर्वसिइओ गौतमलाई पक्राउ गरेको हो ।
यसअघि सेञ्चुरका पूर्वसिइओ तथा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने पक्राउ परिसकेका छन्। प्रहरीले प्रभुका बहालवाला (पूर्वसेञ्चुरी बैंक) कर्मचारी र सेञ्चुरीका पूर्वकर्मचारी गरी ९ जनालाई पक्राउ गरेको छ ।
गौतम र न्यौपानेमाथि बैंकले समस्याग्रस्त देउराली सहकारीसँग मिलेर ऋण प्रवाह गरेको आरोप छ ।