काठमाडौं, १५ फागुन । सरकारले ९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै कालोसूचीमा पर्ने कम्पनीहरूको नाम सार्वजनिक गरेको हो ।
कम्पनीहरूलाई १ वर्षदेखि ३ वर्षसम्म अर्को ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनु्गमन कार्यालयले बताएको छ ।