काठमाडौं, १५ फागुन । मंगलबार नेप्से परिसूचक ९ दशमलव ३४ अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक २ दशमलव ३४ अङ्कले बढेर २ हजार १ ६५ को बिन्दुमा बन्द भएको छ ।
आज ५२ लाख ३९ हजार ४ सय १६ कित्ता शेयर किनबेच हुँदा कुल १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सइ २६ रुपैयाँको कारोबार भएको छ । आज ३ सय ८ धितोपत्रको कारोबार हुँदा १ सय ४३ धितोपत्रको मूल्य बढेको छ । त्यस्त ८८ धितोपत्रको मूल्य घटेको छ भन १७ धितोपत्रको मूल्य स्थिर छ ।
कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढेको छ भने ६ वटा समूहको उपसूचक घटेकोे छ । आज बैंक, विकास बैंक, जलविद्युत, उत्पादनमूलक,लघुवित्त र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ । त्यस्तै लगानीे, जीवन बीमा , व्यापार, म्यूचुअल फण्ड, वित्त, होटल र टुरिजम समूहको उपसूचक घटेकोे छ ।
मंगलबार बोटलर्स नेपाल (बालाजु) लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय सस्थाका शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सामलिंग पावर कम्पनी लिमिटेडको ९ दशमलव २६ प्रतिशत, बोटलर्स नेपाल (तराइ) लिमिटेडको ८.७२, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ प्रतिशत र धौलागिरी लघुवित्त वित्तीय सस्थाको ७ दशमलव ९७ प्रतिशतले शेयर मुल्य बढेको छ ।
आज सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड) को ७ दशमलव ७३ प्रतिशत, चिर्ख्वा हाइड्रोपावर लिमिटेडको ५.०६, कालिञ्चोक दर्शन लिमिटेडको ४ दशमलव ३ र ज्योति विकास बैंक बन्ड २०८७ को ३ दशमलव ६२ प्रतिशतले कारोबार घटेको छ ।