काठमाडौं, १६ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले न्यूनतम मूल्य २०८ रुपैयाँमा ५ लाख १३ हजार ३ सय २५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो ।
लगानीकर्ताले बोलपत्र पेस गर्दा आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ । सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाण्डौको लाजिम्पाटस्थित एनआईएमबी एस क्यापिटलको कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।