काठमाडौं, १६ फागुन । माओवादीको स्थायी समितिको निर्णयमा उपमहासचिव जनादर्न शर्माले लिखित असहमति राखेका छन् ।
बुधबार बसेको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरिएपनि जनप्रतिनिधिलाई पार्टीको इन्चार्ज बनाइएको छैन ।
जनप्रतिनिधि पार्टीको इन्चार्ज नरहने नीति आफूलगायतका नेताहरुमा लागू भए पनि नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाइएको भन्दै शर्माले असहमति राखेका छन् ।