काठमाडौं, १६ फागुन । गृहमन्त्री र प्रहरीलार्ई बैंकिङ सिस्टमबारे बुझाउन बैंकरहरु एकजुट हुने भएक छन् । बुधबार बसेका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकोे बैंठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र गृहमन्त्री नारायण काजी श्रेष्ठलाई बैंकिङसम्बन्धी बुझाउने निर्णय गरेको हो । मंगलबार सिआइबीले तत्कालीन सेञ्चुरी कर्मसियल बैंकका पुर्वसिइओ, डिसिइओसहित १० जना बैंकरलाई े मूल्यांकनभन्दा बढी कर्जा दिएको भन्दै छानबिनका लागि प्रक्राउ गरेको थियो ।
बैंकले धितोले कभर गर्नेमात्रै नभएर बिनाधितो परियोजना मूल्यांकनमा पनि अर्बौ रुपैयाँ कर्जा दिने हुँदा प्रहरीको बुझाइ गलत भएको निष्कर्षसहित बैंकर्सहरु सिआइबी प्रमुख र गृहमन्त्रालयलमा बैंकिङ सिस्टमबारे बुझाउन जान तयार भएका हुन् ।
संघको निर्णयअनुसार संघ नेतृत्वले पहिला राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटने र बैंक तथा वित्तीय क्षेत्र एवं त्यहाँ कार्यरत कर्मचारीको संरक्षणबारे नियामकलाई ध्यानाकर्षण भनिएको छ ।