काठमाडौं, १६ फागुन । बुधबार बस्ने भनिएको बागमती प्रदेशसभा बैठक दलहरुबिच सहमति नजुटेपछि बिहीबार गरी स्थगित गरिएको छ ।
पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए । उक्त विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल गर्न चाहेनन् ।
मुख्यमन्त्री जम्कट्टेल एक कार्यक्रममा सहभागी हुन राक्सिराङ पुगेपछि विपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका हुन् ।
दलहरुबिच सहमति जुट्न नसकेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले बिहीबार साढे ११ बजे बैठक बस्ने जनाएको छ ।