काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनका अनुसार बैठकमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राखेका थिए ।
राष्ट्रिय सभा अध्यक्षको पद आगामि फागुन २० गतेदेखि रिक्त हुँदै छ । उक्त पदमा सत्तागठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरेका छन् ।