काठमाडौं, १६ फागुन । बुधबार नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेप्से परिसूचक सून्य दशमलव ८७ अङ्कले घटेर २ हजार ७७ दशमलव ३० को बिन्दुमा बन्द भएको छ ।
आज ५१ लाख १५ हजार ६ सय ५८ कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब २ करोड ८१ लाख ९ सय ७७ रुपैयाँको कारोबार भएको छ । यस्तै ३ सय ८ धितोपत्रको कारोबार हुँदा १ सय ७० धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७१ धितोपत्रको मूल्य घटेको छ भने ७ धितोपत्रको मूल्य स्थिर छ ।
बुधबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक घटेको छ भने ६ वटा समूहको उपसूचक बढेको छ । बैंक, विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा समूह, लघुवित्त, निर्जीवन बीमा समूहको उपसूचक घटेको छ । त्यस्तै होटल र टुरिजम, लगानीे, उत्पादनमूलक, म्यूचुअल फण्ड लगायतका समूहको उपसूचक बढेको छ ।
आज विशाल बजार लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड र बोटलर्स नेपाल (तराइ) लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै बिपिडब्लु लघुवित्त वित्तीय सस्थाको ९ दशमलव ९९ प्रतिशत, चिर्ख्वा हाइड्रोपावर लिमिटेडको ९.६४,एनआईसी एशिया ग्रोथ फण्ड–२को ७.४८, नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.८६ र युनिलिभर नेपाल लिमिटेडको ६ दशमलव ०८ प्रतिशतले शेयर मुल्य बढेको छ ।
बुधबार सामलिंग पावर कम्पनी लिमिटेडको ६ दशमलव ६६ प्रतिशत, गुराँस लघुवित्त वित्रीय सस्था लिमिटेडको ५ दशमलव ९७ प्रतिशत र मिड सोलु हाइड्रोपावर लिमिटेडको ५ दशमलव २३ प्रतिशतले कारोबार घटेको छ ।