काठमाडौं, १७ फागुन । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आगामि चैत २० गते बस्ने गरी साधारणसभा आह्वान गरेको छ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी प्रज्ञाप्रतिष्ठान कमलादीमा बस्ने गरी साधारणसभा बोलाएको हो ।
साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत पनि छलफल हुनेछ ।
साधारणसभाले संस्थापकतर्फ ४ र सर्वसाधारण तर्फ २ सञ्चालकको निर्वाचन गर्नेछ । साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २४ देखि चैत २० सम्म बुक क्लोज गर्ने सूचनामा उल्लेख छ ।