काठमाडौं, १८ फागुन । आजदेखि रिडी पावर कम्पनी लिमिटेडले हकप्रद आवेदन खुल्ला गरेको छ ।
कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूजी व्यवस्थापन गर्नको लागि कम्पनीले हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ ।
कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गरेको छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ भने निष्काशनमा चैत्र ८ सम्म आवेदन दिन सकिने छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि माघ २२ गते बुक्क्लोज गर्ने निर्णय गरेकोले माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।