काठमाडौं, २० फागुन । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । विद्युत नियमन आयोगको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।
कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत मंसिर १९ गते आयोगमा आवेदन दिएको थियो ।
अनुमति पाएसँगै अब कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नेछ ।