नेपालमा हिउँद सकिएर प्रि–मनसुन अवधि सुरु भएको छ । हिउँद सकिएर प्रि–मनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रि–मनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रि–मनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो ।
मुख्य गरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारण अहिले मौसममा बदली आएको महाशाखाले जनाएको छ ।
उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको र यो सर्दै गएको र यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने बताइएको छ ।
काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो। हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।