काठमाडौं, २० फागुन । साताको काराबारको पहिलो दिन नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले १ हजार ९ सय ६० दशमलव ३० को बिन्दुमा बन्द भएको छ ।
आज ५५ लाख ७४ हजार २ सय ७ कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब ८ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँको कारोबार भएको छ । आइतबार ३ सय ९ धितोपत्रको कारोबार हुँदा १ सय ७३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६७ धितोपत्रको मूल्य बढेकोे छ भने ८ धितोपत्रको मूल्य स्थिर छ ।
कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक बढेको छ भने तिन वटा समूहको उपसूचक घटेकोे छ । आज बैंक, विकास बैंक, लगानीे, जलविद्युत, जीवन बीमा समूह, निर्जीवन बीमा समूह, व्यापार, लघुवित्त, म्यूचुअल फण्ड र वित्त समूहको उपसूचक घटेको छ । त्यस्तै होटल र टुरिजम तथा उत्पादनमूलक समूहको उपसूचक भने बढेको छ ।
आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि.को ९ दशमलव ७० प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड–२ को ८.४५, सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्थाको ७.८०, बोटलर्स नेपाल (बालाजु) लिमिटेडको ५.६९ र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको २ दशमलव ८२ प्रतिशतले शेयर मुल्य बढेको छ ।
यस्तै आइतबार चिर्ख्वा हाइड्रोपावर लिमिटेडको ७ दशमलव ४९, कामना सेवा विकास बैंक लिमिटेड ९% डिबेन्चर २०८७ मा ७.१४, बिपिडब्लु लघुवित्त वित्तीय सस्थाको ६.७६, बोटलर्र्स नेपाल (तराइ) लिमिटेडको ५.६७ र माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेडको ५ दशमलव २४ प्रतिशतले कारोबार घटेको छ ।