काठमाडौं, २१ फागुन । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९÷८० को वितरणयोग्य मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस सेयर र शून्य दशमलव २५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४ दशमलव ७५ प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ६५ हजार ८०७ रुपैयाँबराबरको बोनस सेयर र शून्य दशमलव २५ प्रतिशतले हुन आउने ३४ लाख ४० हजार ३०६ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।
यस्तै कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित लाभांशसहित कम्पनीको आव २०७९÷८० को वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय गरेको छ । यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।