काठमाडौं, २१ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आगामी फागुन २५ गते (शुक्रबार) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटलले आईपीओको प्रि अलोटमेन्ट गरिसकेको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा १९ दशमलव ३२ गुणा बढीको आवेदन हो ।
कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।