काठमाडौं, २१ फागुन । आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न बीमा नीति, २०८० जारी, यस्तो छ कार्यनीति
काठमाडौं, २१, फागुन । नेपाल सरकारले राष्ट्रिय बीमा नीति, २०८० जारी गरेको छ । बीमा क्षेत्रमा हुने गरेका गलत अभ्यासलाई न्युनीकरण गर्न, उक्त क्षेत्रको कानूनी र संस्थागत विकास गर्न सरकारले राष्ट्रिय बीमा नीति, २०८० ल्याएको हो ।
गत मंसिर २२ गते बसेको मन्त्रिपरिषदकोे बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको थियो । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ बमोजिम बीमा नीतिको मस्यौदा तयार पारेको थियो ।
दुर्गम तथा पिछडिएको क्षेत्रमा समेत बीमा व्यवसायको पहुँचलाई स्थापित गर्दै लैजानुपर्ने आवश्यक रहेको र बीमितको हक हितको संरक्षण गर्दै बीमा व्यवसायलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउन यो नीति ल्याइएको प्राधिकरणले जनाएको छ ।