काठमाडौं, २२ फागुन । सिंगापुरमा कर्मचारी अवकाश उमेर ६४ वर्षा पु¥याउन लागिएको छ । सिंगापुरका जनशक्ति मन्त्री तान सी लेङका अनुसार सन् २०२६ मा कर्मचारीको सेवा निवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्ष पु¥याउन लागिएको हो ।
लेङले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने बताएका छन् । सन् २०२३ जुनसम्म सिंगापुरका करिब २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका पुगेका छन् । सिंगापुरको कुल प्रजनन दर गत वर्ष शून्य दशमलव ९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अंकभन्दा तल झरेको थियो ।