काठमाडौं, २३ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रकी रेखा शर्माले नै पाउने भएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई फेरि सञ्चार मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । यसअघि कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार हुँदा पनि शर्मा नै सञ्चारमन्त्री थिइन् ।
माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री र उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बनाउने भएको छ ।