काठमाडौं, २३ फागुन । बुधबार नेप्से परिसूचक ९ दशमलव ३३ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ३३ अङ्कले बढेर २ हजार १७ दशमलव ०३ को बिन्दुमा बन्द भएको छ ।
आज ९१ लाख ३८ हजार ९ सय ५४ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँको कारोबार भएको छ । आइतबार ३ सय ८ धितोपत्रको कारोबार हुँदा १ सय ७५ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६२ धितोपत्रको मूल्य घटेकोे छ भने ११ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक बढेको छ भने तिन वटा समूहको उपसूचक बढेकोे छ । आज विकास बैंक, लगानीे, होटल र टुरिजम, उत्पादनमूलक, जलविद्युत, निर्जीवन बीमा समूह, व्यापार, लघुवित्त, वित्त समूहको उपसूचक बढेको छ । त्यस्तै बैंक, जीवन बीमा समूह र म्यूचुअल फण्ड समूहको उपसूचक घटेको छ ।
आज डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको ८ दशमलव ७० प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ८.६७, गोर्खाज फाइनान्स लिमिटेडको ८.०९, सवाईसी नेपाल लघुवित्त वित्तीय सस्थाको ८ प्रतिशत, नेपाल रिपब्लिक मिडिया लिमिटेडको ७.४६ र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको ६ दशमलव ५९ प्रतिशतले शेयर मुल्य बढेको छ ।
यस्तै आइतबार मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको ९ दशमलव ७१, ग्लोबल आईएमई ब्यालेन्स फण्ड (वान)को ५.५४, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.५२, बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.०४ र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २ दशमलव ८४ प्रतिशतले कारोबार घटेको छ ।