काठमाडौं, २४ फागुन । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । विद्युत नियमन आयोगको फागुन २२ गते बसेको बैठकले कम्पनीलाई हकप्रद निष्कासनका लागि स्वीकृती प्रदान गर्ने निर्णय गरेको हो ।
आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग गर्दै गत माघ १६ गते आयोगमा आवेदन दिएको थियो ।
कम्पनीले गत पुस २९ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाबाट हाल कायम गरेको चुक्तापूँजी २५ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।