काठमाडौं,२४ फागुन । बिहिबार सुनको भाउ इतिहासकै महंगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख २५ हजार रुपैयाँ प्रतितोलमा कारोबार भईरहेको छ, जुन बुधबारको भन्दा प्रतितोलामा १५ सय रुपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७ हजार १७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६ हजार ६६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकेको छ ।