काठमाडौं, २४ फागुन । आँउदो गर्मिमा भारतिय दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले अनुमान गरेका छन् । भारतीय र नेपाली पर्यटन व्यवसायीहरुबीच लखनउमा भएको एक वृहत नेपाल प्रवद्र्धनात्मक कार्यक्रमपश्चात नेपालमा पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ थियो ।
जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटकहरुलाई नेपाल भित्राउन संघले यही मार्च ३ देखि ७ सम्म भारतको लखनउमा पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको थियोे । उक्त कार्यक्रममा लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टूर अपरेटर र व्यवसायीहरुको उपस्थिति रहेको थियो
उक्त कार्यक्रममा संघका अध्यक्ष विनायक शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय पर्यटकहरुलाई नेपाल घुम्न निम्ता दिए यस्तै उनले पर्यटकहरुलाई नेपालका मौलिक खानाहरु खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने पनि बताए ।
कार्यक्रमा भारतीय पर्यटन व्यवसायीहरुको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया र ट्राभल ट्रेड एसोसिएसन यूपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवद्र्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए ।
संघका प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतले सञ्चालन गर्नुभएको कार्यक्रममा खासगरी ‘चलिएपोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुती गरी आउँदो गर्मी याममा आयोजना हुने गर्मी सेबेहाल चलो नेपाल अभियानबारे पनि विस्तृत प्रस्तुति गरिएको थियो ।