काठमाडौं, २४ फागुन । फागुन २५ गते देखि चितवन एक्स्पो सेन्टर भरतपुरमा ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्नेमुल नाराका यहि फागुन २५ देखि २७ गतेसम्म ‘नवौं नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गर्न लागेको हो ।
नेपाली औषधि उद्योगको बिकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्नयोग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्माएक्स्पो आयोजना गरिएको हो ।
यस्तै सरकारलाई नेपाली औषधि उद्योगल ेकस्ता प्रविधि , उपकरण , कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन भनेर पनि जानकारी गराइने छ । विश्वस्तरिय मान्यताप्राप्त विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डमा नेपालका औषधि उत्पादन र प्रयोग बारे जानकारी दिनु एक्स्पोको अर्काे मुख्य उदेश्य हो ।
आर्थिक बर्ष २०७८÷०७९ मा नेपालमा नेपाली उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर आव २०७९÷०८० मा २९ अर्ब ३६ करोड मात्र कारोबार गर्न पुगेको छ ।
संघले स्वदेशी उद्योगको उत्पादन मात्रै खरिद गर्ने नीति बनाउन समेत सरकारलाई आग्रह गरेको छ ।
एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश , अमेरिका ,जर्मन , चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण , ल्याब, कच्चापदार्थर नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । साथै उत्पादन गर्नप्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइनेछ ।
फर्माएक्स्पो आयोजनाका लागि नेपालका औषधी उद्योगको विकास लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल चिकित्सक संघ, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल फर्मासिटिकल्स एसोसिएसन, नेपाल औषधि ब्यबसायी संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, फार्मेसी एसोसिएसन अफ नेपाल, नेपाल फर्मासिटिकल्स डिलर एसोसिएसन र स्वास्थ्य पत्रकार मंच बीच समन्वय र सहकार्य गरिएको छ ।