काठमाडौं, २५ फाल्गुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शेयर बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएकोमा १ हजार ३४२ आवेदकको आवेदन रद्द भएको छ । यस्तै ९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । ५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी रहेको २६ कित्ता शेयर २६ जनाले थप एक एक कित्ताका दरले प्राप्त गरेका छन् । साथै ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ । सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा करिब १९ गुणा बढीको आवेदन परेको थियो ।
सर्वोत्तम सिमेन्ट बुक विल्डिंग विधिबाट शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ। कम्पनीले सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ ।