काठमाडौं, २७ फागुन । अर्थमन्त्री वर्षमान पुनले आफू पूँजी बजारको विकासका लागि गम्भिर रहेको र आवश्यक सुधारका सबै पहल गरी बजारको विकास गर्ने प्रतिवदता जनाएका छन् ।
सेयर बजारको विकासका लागि बाधक बनेको नेपाल राष्ट्र बैंकका नीति संशोधन गर्न लगाएरे भए पनि आइतबार नयाँ स्टक ब्रोकरहरुको संस्था‘नेपाल धितोपत्र ब्रोकर एशोसियसनको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पुनले नेपाल राष्ट्र बैंकका नीति संशोधन गर्न लगाएर भए पनि बजारको विकास गर्ने बताए ।
यस्तै उनले बजार सुधारका बाधक नीति लगायतका विषयमा आज ११ बजे गर्भनरसँग छलफल राखेको समेत बताएका थिए । आफू बजारको विकासका लागि आवश्यक नीतिगत सुधार गर्ने पूर्व तयारीमा रहेको र सम्वद्ध सबै निकायसँग सुझाव लिएर अगाडी बढ्ने समेत अर्थमन्त्री पुनले बताए ।
ब्रोकरहरुले पूँजीगत विकासका लागि तत्काल गर्नुपर्ने कामहरुको विषयमा अर्थमन्त्रीलाई बुँदागत रुपमा सुझाव दिएका थिए ।