काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसले ३० फागुनमा विस्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल लाई मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । सोमबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सूचना जारी गर्दै विपक्षमा उभिन निर्देशन जारी गरेका हुन् ।
कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले २१ फागुनमा नयाँ गठबन्धन बनाएका थिए । अहिले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी र एकीकृत समाजवादी सहितको नयाँ गठबन्धन बनेको छ ।