काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सांसद नारायण दाहालनेपाली र कांग्रेसका युवराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल छन् । यस्तै नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ छन् । राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ ।