काठमाडौं, २८ फागुन । एक वर्षको अवधिमा नेपाल धितोपत्र बजार पूँजीकरण ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनामा धितोपत्र बजार पँुजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा बजार पूँजीकरण ८ प्रतिशतले बढेको हो । गत आवको सात महिनासम्ममा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड मात्र थियो ।
यस्तै चालू आवको माघसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकाङ्क २१ सय ०१ दशमलव १६ को विन्दुमा कायम भएको छ, जुन गत आवको माघसम्मको तुलनामा २० दशमलव ७१ विन्दुले घटेको हो । गत आवको सोही अवधिमा नेप्से सूचकाङ्क २१ सय २१ दशमलव ८७ को विन्दुमा थियो
नेपाल राष्ट्र बैंकका अनुसार सात महिनासम्मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यस्तै जलविद्युत् कम्पनी ९१,उत्पादन तथा प्रशोधन उद्योग २१ , होटल ७, लगानी कम्पनी ७, यापारिक संस्था ४ र अन्य समूहका ७ वटा रहेका छन् ।
यस्तै सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७ दशमलव ३ प्रतिशत रहेको छ । यस्तेै जलविद्युत कम्पनीको हिस्सा १५ दशमलव ९ प्रतिशत, लगानी कम्पनीको ७.६, उत्पादन तथा प्रशोधन उद्योगको ५.२, होटेलको ३.०, व्यापारिक संस्थाको ०.५ तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १० दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
माघसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ८ अर्ब २१ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब १३ अर्ब ५९ करोड रहेको छ ।