काठमाडौं,२८ फागुन । सत्तारुढ गठबन्धनबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार दिएका नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन् ।
सोमबार राष्ट्रियसभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार दाहालले आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि पार्टीगत रूपमा नरहेको बताए ।
यस्तै उनले राष्ट्रियसभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पु¥याउन आफु लागिपर्ने बताए । समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरूलाई एकताबद्ध बनाएर लैजाने उनको भनाइ छ ।