काठमाडौं, २८ फागुन । दक्षिण कोरियामा बेरोजगारी दर १३ दशमलव ३ प्रतिशतले घटेको छ । सोमबार दक्षिण कोरियाको श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष फेब्रअरीको तुलनामा यस वर्षको फेब्रुअरीमा बेरोजगारी दर घटेको हो ।
रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकको संख्या फेब्रुअरीमा ९३ हजार २ सय पुगेको छ । गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटे पनि सूचना र सञ्चार क्षेत्रमा बढेको मन्त्रालयको तथ्यांक छ ।
लाभ प्राप्त कर्ताहरूको संख्या फेब्रुअरीमा ६ लाख २५ हजार ५०० पुगेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । यस्तै फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८ दशमलव ५ प्रतिशतले वृद्धि भई ९६१ दशमलव ९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।