काठमाडौं, १ चैत । रुरु जलविद्युत परियोजना लिमिटेडको लक इन समयावधि आगामी वैशाख ३ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ४४ करोड कित्ता बढी सेयरको लक इन अवधि सकिन लागेको जनाएको हो ।
कम्पनीले ३९ लाख ४५ हजार ८ सय ८८ कित्ता संस्थापक सेयर,४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको सेयर र ९ हजार ८ सय ५८ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयर जारी गरेको थियो ।
कम्पनीले संस्थापक, अयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको सेयर सर्वसाधारणलाई २०७८ वैशाख ३ गते बाँडफाँड गरेको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
कम्पनीको लक इन समयावधि समाप्त भएसँगै यी सबै सेयर सर्वसाधारण सेयरमा परिणत हुनेछन् । र सेयरधनीले आफ्नो भागमा परेको सेयर खरिद बिक्री गर्न पाउने छन् । धितोपत्र बोर्डले कम्पनीलाई लक इन अवधि समाप्त गर्नका लागि गत मंसिर २५ गते निर्देशन दिएको थियो ।