काठमाडौं, १ चैत । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्स)े परिसूचक २७ दशमलव ८४ अङ्कले घटेकोे छ । आज नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले घटेर २ हजार ८० दशमलव ८७ को बिन्दुमा बन्द भएको छ ।
आज १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँको कारोबार भएको छ । बिहिबार ३ सय ३ धितोपत्रको कारोबार हुँदा १ सय ९८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४२ धितोपत्रको मूल्य बढेकोे छ भने ४ धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । । बिहिबार विकास बैंक समूहको उपसूचक १ दशमलव ३४ प्रतिशत र बैैंक समूहको उपसूचक १.४ प्रतिशतले घटेको छ । यस्तै लघुवित्त समूहको उपसूचक २ दशमलव ०९ प्रतिशत, जीवन बीमा समूहको २.६५, लगानी समूहको १.३३, वित्त समूहको १.०४, होटल र टुरिजम समूहको ०.८७, उत्पादनमूलकको १.०६, जलविद्युतको ०.६२, निर्जीवन बीमा समूहको १.७०, व्यापार समूहको उपसूचक ०.७२, र म्यूचुअल फण्ड समूहको उपसूचक ० दशमलव ३३ प्रतिशतले घटेको छ ।
आज वीन नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय सस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशमलव ९२ प्रतिशत, गोर्खाज फाइनान्स लिमिटेडको ८.०८, कर्णाली विकास बैंक लिमिटेडको ७.७१, समाज लघुवित्त वित्तीय सस्था लिमिटेडको ७.२० र मनकामना स्मार्ट लघुवित्त वित्तीय सस्था लिमिटेडको ६ दशमलव १७ प्रतिशतले शेयर मुल्य बढेको छ ।
यस्तै बिहिबार स्वाभिमान लघुवित्त वित्तीय सस्था लिमिटेडको ६ दशमलव ०२ प्रतिशत, जाल्पा सामुदायिक लघुवित्त वित्तीय सस्था लिमिटेडको ५.५६, धौलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडकाको ५.३१, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको ५ दशमलव २० प्रतिशतले मूल्य घटेको छ ।