काठमाडौं, २ चैत । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।
जाँचबुझ आयोगले विहीबार लामिछानेलाई बुझाएको प्रतिवेदन शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका लामिछानेले प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।