काठमाडौं, २ चैत । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा आवेदन दिएका १९ जनाबाट ५ जनाको नाम तयार भएको छ ।
अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट ५ जनाको नाम तयार पारिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ । स्रोतका अनुसार ५ जनामा बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ लगायत रहेका छन् । सर्ट लिस्टमा परेका ५ जनाको सम्भवत आगामी साता अन्तवार्ता हुनेछ ।
अध्यक्षका लागि आवेदन दिनेमा चिरञ्जीवी चापागाईँ, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा नवराज अधिकारी, डा गोपाल प्रसाद भट्ट, निरज गिरी, डा केशव प्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा विमल कुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की रहेका थिए ।
सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।