काठमाडौं, स्वास्थ्य बीमा बोर्डले १ सय ४३ कर्मचारी माग गरेको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दै करारमा कर्मचारी माग गरेको हो ।
बोर्डले विभिन्न जिल्लामा काम गर्नका लागि दरखास्त आव्हान गरेको जनाएको छ । इच्छुक आवेदकले सूचना जारी भएको १५ दिनभित्र अर्थात् चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।