काठमाडौं, २ चैत । सरकारले राष्ट्रियसभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक–२०८०’ पेस गरेको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक पेस गरेका हुन् ।
बैठकमा सांसद्हरुले उक्त विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै एमालेकी सांसद् भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताइन् ।