काठमाडौं, ४ चैत । भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने घोषणा गरेको छ । चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले राजीव कुमारले अप्रिल १९ देखि जुन २१ सम्म निर्वाचन गरिने बताएका हुन् । उनले भने, ’हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ । हामी विश्वभर प्रजातन्त्रको ज्योति बनेर राष्ट्रिय निर्वाचन गराउने बाचा गर्दछौँ ।’
राष्ट्रिय निर्वाचनमा अप्रिल १९ देखि जुन २१ सम्म सात चरणमा मतदान हुनेछ । देशभरका मतपत्रहरू एकैपटक संकलन गरेर जुन ४ मा मतगणना गरिने र सोही दिन नतिजा घोषणा गरिनेछ । ६ हप्ताभन्दा बढी समय सञ्चालन हुने निर्वाचनमा कूल ९७ करोड मतदाता रहेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार चुनावमा १ करोड ५० लाख मतदान कर्मचारीसहित १० लाखभन्दा बढी मतदान केन्द्र रहनेछन ।