काठमाडौं, ५ चैत । सानिमा बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १ सय ४५ रुपैयाँको दरले संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकका अनुसार सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नु पर्ने बैंकले जनाएको छ । सेयरधनीले आवश्यक कागजात प्रमाण संलग्न गरी खरिद गर्न चाहेको सेयर संख्या खुलाई नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
यस्तै तोकिएको मितिभित्र कुनै आवेदन नआएमा बैंक बाहिरका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।