काठमाडौं, ५ चैत । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई कपिलबस्तुबाट आजै काठमाडौं ल्याउन लागिएको छ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन् ।
इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ ।