काठमाडौं, ५ चैत । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएको रकम समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरपालिकाको सहकारी विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दे सहकारीबाट लिएको साँवा र ब्याज चुक्ता गर्न आग्रह गरेको छ ।
ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न भनेको छ ।
सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको विभागले जनाएको छ ।